कक्षा १२ को नयाँ मिति अनुसार परीक्षा तालिका सार्वजनिक 


eShilalekh

१० बैशाख २०८२, बुधबार १८:०२

सिमराः राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

शिक्षक आन्दोलनका कारण बोर्डले वैशाख ११ देखि तय गरिएको परीक्षा वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

बोर्डले नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्