निजगढ मेयर गोल्डकपः रौतहटको बिजयी सुरुवात


eShilalekh

१३ चैत्र २०७८, आईतवार ११:२७

निजगढ: नेपाल खेलकुद क्लब, रौतहटले चौथो निजगढ मेयर गोल्डकपमा बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा वीरगन्ज युथ एकेडेमीलाई १-० ले पराजित गर्दै रौतहटले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो ।

रौतहटका लागि म्याक्सवेलले निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको ईन्जुरी समयमा गोल गर्दै म्याक्सवेलले टिमका लागि बिजयी गोल गरेका थिए । उनि म्यान अफ दि म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तर्गत आईतबार बकुलिया ११ बारा र निजगढबीच प्रतिस्पर्धा हुनेछ । निजगढ युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको बिजेताले एक लाख ५० हजार र उपबिजेताले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितमा निजगढसहित बिरगंज युथ एकेडेमी, बकुलिया ११, बारा ११, नवजनजागृति युवा क्लव, नेपाल खेलकुद क्लव रौतहट र हरिवन युथ क्लव सर्लाहीको सहभागिता रहेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन निजगढका मेयर सुरेशकुमार खनालले उद्घाटन गरेक थिए ।

प्रतिक्रिया दिनुहोस्