रौतहटमा पाँच दिन देखि हराइरहेका बालकको शव फेला

रौतहटः रौतहटको गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा शुक्रबार बिहान एक बालकको शव फेला परेको छ ।
पछिल्लो ५ दिन देखि हराइरहेका वृन्दावन नगरपालिका ७ का सुरुज राय यादवको १४ वर्षीय छोरा कृष्ण प्रसाद यादवको शव पानीमा घोप्टो वरेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताएका छन् ।
बरामद शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको जस्तो देखिएको डीएसपी कार्कीले जानकारी दिए । बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान गरिएको डीएसपी कार्कीले जनाएका छन् ।
शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ ।
बैशाख ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी आफ्नै मोटरसाइकल चढेर निस्किएका थिए । ३ दिनसम्म घर नआएपछि बैशाख ९ गते पिडित परिवारले जिल्ला प्रहरी कार्यालय ज्येष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएको थियो ।