शिक्षक आन्दोलनमा झडपः पत्रकार सविना कार्की घाइते, आँखामा गम्भीर चोट


eShilalekh

१४ बैशाख २०८२, आईतवार १६:२०

सिमराः शिक्षा ऐनको माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार झडप भएको छ । झडपमा बाराका शिक्षक संघका अध्यक्ष राजकिशोर सहनीसहित केही शिक्षक घाइते समेत भएका छन् ।

घाइतेको अहिले बानेश्वरस्थित एभरेष्ट अस्पताल र निजामती कर्मचारी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीसंग झडपमा घाइते भएका उनिहरुको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

यसैगरी प्रहरी र शिक्षकबीचको झडपको समाचार संकलन गर्न पुगेकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समेत घाइते भएकी छिन् । पानीको फोहोरा आँखामा पर्दा उनलाई गम्भीर चोट लागेको हो ।

घटनालगत्तै प्रहरीले उनको उद्धार गरेको थियो । घाइते पत्रकारको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भईरहेको छ ।
नेपाल पत्रकार महासंघले घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ ।

यस्तो छ पत्रकार महासंघको विज्ञप्तिः

यसैबीच पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र महासचिव रामप्रसाद दाहाल अस्पताल पुगेर घाइते पत्रकार कार्कीसंग भेट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्