अमलेखगञ्जमा प्रहरी र कर कार्यालयको अनुगमन, ६८० लिटर मदिराको कच्चा पदार्थ नष्ट


eShilalekh

१४ बैशाख २०८२, आईतवार १९:४०

सिमराः प्रहरी र कर कार्यालयको संयुक्त टोलीले अनुगमन गर्दै आइतबार अमलेखगञ्जमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ र भट्टी नष्ट गरेको छ ।

प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ र २२ अमलेखगञ्जको दुई स्थानमा अनुगमन गर्दै मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भट्टी नष्ट गरेको हो ।

आन्तरिक राजश्व कार्यालय सिमराका कर अधिकृत टंक भुषाल र ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा जीतपुरसिमरा २१ स्थित राममन्दिर चोक र वडा नं. २२ को दुई नम्बर पुलनजिक भट्टी नष्ट गरेको हो । यसैगरी टोलीले मदिरा बनाउन प्रयोग हुने ६ सय ८० लिटर कच्चा पदार्थ र भाडा नष्ट गरेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्