कर उठाउन वीरगन्ज महानगरको ‘घरदैलो’


eShilalekh

१४ बैशाख २०८२, आईतवार २०:१३

सिमराः स्थानीय सरकारलाई बुझाउनुपर्ने व्यवसाय, घरबहाल र सम्पति कर समयमै तिर्नका लागि वीरगन्ज महानगरपालिकाले आइतबारदेखि अभियान थालेको छ । ‘समयमै कर तिरौं, जिम्मेवार नागरिक बनौं’ भन्ने नारासहित महानगरपालिकाले नगर क्षेत्रमा अभियान थालेको हो ।

महानगर प्रमुख राजेशमान सिंहले नेतृत्वमा थालिएको अभियानका सहभागीले घर र पसलमा पुगेर करको जानकारी दिने, कर नतिर्नेको सूची संकलन गर्ने र समयमै कर तिर्न अनुरोध गरिरहेका छन् ।

महानगर प्रमुख सिंहले वीरगंजलाई आर्थिक रूपमा सबल बनाउन र नागरिकको राज्यप्रतिको दायित्व स्थापित गर्न अभियान थालिएको बताए । महानगरपालिकाले कर नतिर्ने व्यक्तिहरूमाथि कारबाही प्रक्रिया पनि अगाडि बढाउने तयारी पनि गरेको छ ।

कर तिर्ने सेवाग्राहीका लागि महानगरले सहायता कक्ष नै स्थापना गरेर कर सम्बन्धी परामर्श तथा सहयोग उपलब्ध गराएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए । उनले अनलाइन मार्फत कर तिर्ने प्रणालीलाई समेत सुधार गरी थप प्रभावकारी बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्