बारागढीमा बन्ने भयो मदन आश्रित भवन, सांसद मैनालीले गरे शिलान्यास


eShilalekh

१४ बैशाख २०८२, आईतवार २०:३४

सिमराः बाराको बारागढीमा मदन आश्रित भवन निर्माण हुने भएको छ । मधेश सरकारको योजनामा सुविधा सम्पन्न मदन आश्रित भवन निर्माण हुन लागेको हो ।

भवनका लागि बारागढी गाउँपालिकाले जमिन उपलब्ध गराएको छ । भवनको बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका पोलिटव्यूरो सदस्य अच्युत मैनालीले शिलान्यास गरेका छन् ।

भवनको शिलान्यास गर्दै मैनालीले जिल्लाको ऐतिहासिक र लोकतान्त्रिक आन्दोलनका अग्रज जन्माउने भूमिमा मदन आश्रित भवन निर्माण हुन लागेको भन्दै खुशी व्यक्त गरे । सामाजिक संजाल मार्फत मैनालीले बारागढीलाई नेपाल–अंग्रेज युद्धमा नेपाली पक्षले वीरता प्राप्त गरेको स्थानको रुपमा सम्झिए ।

यस्तो छ मैनालीको फेसबुक स्टाटसः
नेपाल–अंग्रेज युद्धमा नेपाली पक्षले वीरता प्राप्त गरेको बारागढी गाउँपालिका (बारा बजार) बारा जिल्लाको ऐतिहासिक तथा लोकतान्त्रिक आन्दोलनमा समेत योगदान गर्ने अग्रजहरु जन्माउने भूमि हो ।

मधेश प्रदेश सरकारको योजनामा सुविधासम्पन्न मदन आश्रित भवन निर्माणको शिलान्यास एक विषेश कार्यक्रममको साथ सम्पन्न भएको छ ।

यो भवनको निर्माणबाट स्थानीयहरू लाभान्वित हुनेछन् साथै भवनको लागि बजेट विनियोजन गर्ने प्रदेश भौतिक मन्त्री माननीय सरोज यादव र जग्गा उपलव्ध गराउने पालिका प्रमुख लगायत स्थानीयहरु लाई समेत आभार प्रकट गर्दै समय मै निर्माण कार्य गुणस्तरीय रुपमा सम्पन्न गर्न निर्माण व्यवसायी र आवश्यक सहयोग पुर्याउन स्थानीय बासीलाई अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्