जापानमा इन्जुनालाई स्वर्ण, बिमललाई रजत


eShilalekh

१४ बैशाख २०८२, आईतवार २१:०८

जापानः जापानको ओसाकामा आयोजित २१औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा तीन जना नेपाली खेलाडीले पदक जितेका छन् ।

नेपालकी इन्जुना राईले स्वर्ण, बिमल रोकायले रजत र डोल्मा लामाले कास्य पदक जितेका हुन् । इन्जुमाले ५७ केजी मुनी, बिमलले ६८ केजी मुनी र डोल्माले ४२ केजी मुनीको तौल समूहमा पदक जितेको व्यवस्थापक समी पौडेल शर्माले जानकारी दिईन् ।

प्रतियोगितामा सहभागी हुन् हात्तीवन तेक्वान्दो एकेडेमी र अरुणिमा एजुकेशनबाट नेपालको प्रतिनिधित्व गर्दै तीन खेलाडी, प्रशिक्षक मुना खवास मगर र व्यवस्थापक शर्मा जापान गएका थिए ।

प्रतिक्रिया दिनुहोस्