पर्सागढीमा इट्टाभट्टा भित्रको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

सिमराः पर्साको पर्सागढीस्थित एक इट्टाभट्टा भित्र खाल्डोमा डुबेर सोमबार बिहान दुई बालिकाको मृत्यु भएको छ । पर्सागढी नगरपालिका ५ बहुअर्वास्थित हिरा इट्टा उद्योगभित्र खनेको खाल्डोमा डुबेर स्थानीय दुई बालिकाको ज्यान गएको हो ।
मृत्यु हुनेमा स्थानीय रुस्तम मियाँका पाँच वर्षीय छोरी नेहा खातुन र मुख्तार मियाँकी चार वर्षीया छोरी आसिया खातुन रहेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन् । इट्टाभट्टा भित्र रहेको चार फिटको खाल्डोमा डुबेर दुबै बालिकाको मृत्यु भएको प्रवक्ता लम्सालले बताए ।
घटनालगत्तै स्थानीयले बालिकाको उद्धार गरी अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
इट्टा बनाउने प्रयोजनका लागि बनाएको खाल्डोमा पानी जमेको र सोही खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीको भनाई छ ।