नेता सोनलले गरे बिश्रामपुर ४ को वडा कार्यालय भवनको शिलान्यास

सिमराः बाराको बिश्रामपुर गाउँपालिका वडा नं. ४ को वडा कार्यालय भवनको सोमबार शिलान्यास गरिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधेश प्रदेश अध्यक्ष एवम् पूर्वमन्त्री जितेन्द्र सोनलले भवनको शिलान्यास गरेका हुन् । सोनलले धार्मिक विधिअनुसार पूजापाठ गरी भवन निर्माणको शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास कार्यक्रममा बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकार अलि भुटो, बिश्रामपुर ४ का वडाध्यक्ष मदन यादव, कार्यबाहक वडाध्यक्ष लालझरी देवीसहित राजु सिंह, उमेश चौहान, मनोज सिंह, पन्नालाल चौहान, वडासदस्य हरिचन्द्र साह, सूर्यभान चौहान, श्यामनारायण साह, अमित दास, उपेन्द्र साह, जयनारायण महतो, भोला साहलगायतको उपस्थिती रहेको थियो ।
पूर्वमन्त्री सोनलको पहलमा मधेश प्रदेश सरकारबाट विनियोजित बजेटबाट भवन निर्माण हुन लागेको उनका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।