कोल्हबीमा नगर खेलकुद समिति गठन

सिमराः बाराको कोल्हबी नगरपालिकाले नगर खेलकुद विकास समिति गठन प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले शिवकुमार चौधरीको अध्यक्षतामा समिति गठन गर्न लागेको हो ।
समितिको अध्यक्षको टुंगो लागेपनि अन्य सदस्य भने चयन हुन बाँकी छ । समितिले पूर्णता पाएसंगै नगर क्षेत्रभित्र खेलकुद गतिविधिलाई अघि बढाउने बताइएको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्र हुने खेलकुद गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन खेलकुद विकास समिति गठन गर्न लागेको हो । समितिले नगर क्षेत्रभित्र खेलकुद गतिविधि आयोजना गर्ने, खेलप्रतिभा बोकेका खेलाडीलाई उजागर गर्ने, खेलकुदको गतिविधिलाई तिव्रता दिनेलगायतका काम गर्नेछ ।
जिल्लाका अन्य स्थानीय तहले पनि खेलकुद विकास समिति गठन गर्ने तयारी गरिरहेका छन् ।