बकुलियालाई पराजित गर्दै निजगढ निलो सेमीमा


eShilalekh

१४ चैत्र २०७८, सोमबार ११:२२

निजगढ:  बकुलिया ११ लाई पराजित गर्दै निजगढ (निलो) निजगढ मेयर गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । बकुलियालाई ३-० ले पराजित गर्दै निजगढ अन्तिम चारमा प्रवेश गरेको हो ।

निजगढको जितमा समिर तामाङले दुई र समन कुमरले एक गोल गरे । खेलको चौथो मिनेटमा समनको गोलबाट अग्रता लिएको निजगढले ५९औं मिनेटमा अग्रता दोब्बर पारेको थियो ।

समिरले निजगढका लागि गोल गरेका थिए । खेलको ६५औं मिनेटमा बकुलियाले पेनाल्टीमार्फत गोल गर्ने अवसर चुकायो । रामअयोध्या चौधरीले प्रहार गरेको पेनाल्टी निजगढका गोल रक्षक रविन बस्नेतले बचाउ गरे ।

खेलमा दुई गोलले अग्रता लिएको निजगढले ईन्जुरी समयमा अर्को गोल थप्दै फराकिलो जित हात पारेको हो । ईन्जुरी समयमा समिर व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । समिर खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार निजगढ (रातो) र बारा एघार बिच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्