निजगढ मेयर गोल्डकप: बारा ११ सेमिफाईनलमा


eShilalekh

१५ चैत्र २०७८, मंगलवार १०:११

निजगढः बारा ११ निजगढ मेयर गोल्डकप फूटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोछ । निजगढ रातो लाई टाईब्रेकरमा ५-४ ले पराजित गर्दै बारा ११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले २-२ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । टाईब्रेकरमा निजगढ रातोका जेम्स धामीको प्रहारलाई गोलरक्षक राजिव चौधरीले बचाउ गरेपछि बारा ११ ले अन्तिम चारको यात्रा तय गरेको हो ।

यसअघि निर्धारित समयमा निजगढका लागि श्याम कुमरले दुई गोल गरेका थिए । बारा ११ का लागि संजय चौधरी र राजकिशोर चौधरीले गोल गरेका थिए । बारा ११ का गोलरक्षक राजिव चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबार हरिवन फूटबल क्लव सर्लाही र नवजनजागृति युवा क्लव सिमराबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्