माओवादी केन्द्र: जीतपुरसिमराको दुई वडामा चौधरी र सहनी सर्वसम्मत्


eShilalekh

३ बैशाख २०७९, शनिबार १३:२२

सिमरा: नेकपा माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिकाको दुई वडामा वडाध्यक्ष पदको उम्मेदवार सर्वसम्मत् चयन गरेको छ ।

उपमहानगरपालिकाको वडा नं. ५ र ८ को वडा कमिटी बैठकले वडाध्यक्ष र एक महिला सदस्य सर्वसम्मत् चयन गरेका हुन् ।

सर्वसम्मत् चयन हुनेमा वडा नं. ५ मा मोहित चौधरी र वडा नं. ८ मा विनोद सहनी रहेका छन् । चौधरी २०७४ सालको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष हुन् ।

यसैगरी वडा नं. ५ ले महिला सदस्यमा सविता चौधरी र वडा नं. ८ ले महिला सदस्यमा अमृता कुमारी सहनीको नाम सर्वसम्मत् चयन गरेको छ ।

यसबाहेक अन्य पदमा आकांक्षी धेरै देखिएकाले छलफल भईरहेको माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्