नेकपा एमाले: जीतपुरसिमरा १ को वडाध्यक्ष पदमा चार आकांक्षी, सदस्य सर्वसम्मत्


eShilalekh

३ बैशाख २०७९, शनिबार १३:५८

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को वडाध्यक्ष पदका लागि नेकपा एमालेबाट चार जनाको नाम सिफारिस गर्ने निर्णय भएको छ । वडाध्यक्ष पदका लागि हिरा बस्नेत, गौरव नेपाल, सुभद्रा न्यौपाने र गणेश शाह ठकुरीको नाम सिफारिस गर्ने निर्णय भएको हो ।

उम्मेदवार चयनका लागि शनिवार बसेको बैठकमा सहमती जुट्न नसकेपछि वडा कमिटीले चारै जनाको नाम नगर कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस गरिएका मध्ये बस्नेत अघिल्लो निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवार थिए ।

२०७४ सालको निर्वाचनमा दोस्रो स्थानमा रहेका बस्नेतले यसपटक पनि अध्यक्ष पदका लागि दावी प्रस्तुत गरेका छन् । यसैगरी सिफारिस गर्ने निर्णय भएका अन्यमा न्यौपाने कार्यपालिका सदस्य, नेपाल युवा संघ नगर कमिटी अध्यक्ष हुन् ।

बैठकले वडाध्यक्षबाहेक अन्य चार पदमा भने सहमती जुटाएको छ । सहमती भएका अन्य पदमा खुल्ला सदस्यतर्फ ईश्वर थपलिया, नारायण लामा, महिला सदस्यमा लक्ष्मी आचार्य र दलित महिला सदस्यमा शान्ति परियार रहेका छन् ।

सदस्यमा सिफारिस भएका थपलिया एमालेको वडा नं. १ को वडा कमिटी अध्यक्ष, लामा वडा कमिटी उपाध्यक्ष र आचार्य जिल्ला कमिटी सदस्य हुन् ।

वडा नं. १ मा सदस्य पदमा सर्वसम्मत् नामः
खुल्ला सदस्यः ईश्वर थपलिया
खुल्ला सदस्यः नारायण लामा
महिला सदस्यः लक्ष्मी आचार्य
दलित महिला सदस्यः शान्ति परियार

प्रतिक्रिया दिनुहोस्