जीतपुरमा खेलकुद महासंघ र मुस्लिम ईत्तेहादको वडा अधिवेशन सम्पन्न


eShilalekh

३ बैशाख २०७९, शनिबार १४:५२

जीतपुर: जीतपुरसिमरा उपमहानगरपालिका ७ मा नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ र मुस्लिम ईत्तहाद संगठनको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

वडा अधिवेशनमा एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहईन्चार्ज ज्वाला साह, एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला सहइन्चार्ज सरस्वती देवी चौधरी, एमाले बाराका पूर्वअध्यक्ष देवनारायण चौधरी, एमाले बाराका सचिवलाय सदस्य मनोज पौडेल, नगर कमिटी अध्यक्ष भोला अधिकारीलगायतले सम्बोधन गरेका थिए ।

अधिवेशनले ग्यासुदिन अंसारीको अध्यक्षतामा २१ सदस्यीय नेपाल खेलकुद महासंघको वडा कमिटी र अफताफ आलम ठकुराईको अध्यक्षतामा ५१ सदस्यीय मुस्लिम ईत्तेहाद संगठनको वडा कमिटी गठन गरेको छ ।

जीतपुरसिमरा ७ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन्

नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को वडा कमिटीले सम्पर्क कार्यालय उद्घाटन गरेको छ । चुनावलाई लक्षित गर्दै सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

नुरहुल्लाह अंसारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन मालती कुमालले गरेकी थिईन् । कार्यक्रममा सुनिल गुप्ताले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा पूर्व जिल्ला कमिटी सदस्य मनोज साह, देवी सापकोटासहित एमालेका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्