माओवादी केन्द्र: जीतपुरसिमरा २१ को वडाध्यक्षमा तीन आकांक्षी


eShilalekh

३ बैशाख २०७९, शनिबार १५:१८

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २१ को वडाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रमा तीन जना आकांक्षी देखिएका छन् ।

उम्मेदवार चयनका लागि शनिवार बसेको बैठकमा तीन जनाले दावी प्रस्तुत गरेका हुन् । उम्मेदवार चयनमा सर्वसम्मत हुन नसकेपछि वडा कमिटीले तीनै जनाको नाम नगर कमिटीलाई सिफारिस गरेको छ ।

सिफारिस गरिएको नाममा कृष्णबहादुर ठकुरी, गम्भिर नेपाली र राजेन्द्र बस्नेत छन् । ठकुरी २०७४ सालको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष हुन् ।

यसैगरी कमिटीले महिला सदस्यमा प्रेमा बल र दलित महिला सदस्यमा गंगा विकको नाम सर्वसम्मत् सिफारिस गर्दा खुल्ला सदस्यमा तीन जना आकांक्षी देखिएका छन् । खुल्ला सदस्यमा सागर बोहरा क्षेत्री, चन्द्र ब. बम्जन राजकुमार क्षेत्रको नाम खुल्ला सदस्यका लागि सिफारिस भएर आएको नगर कमिटी अध्यक्ष प्रेम बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्