जीतपुरसिमरा १ मा कांग्रेसको प्यानल विजयी


eShilalekh

१ जेष्ठ २०७९, आईतवार १०:११

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिराबहादुर गुरुङसहित प्यानल विजयी भएको छ ।
गुरुङ एक हजार पाँच सय ४५ मत ल्याउदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी हिरा बस्नेतले एक हजार दुई सय ४१ मत प्राप्त गरेका छन् । बस्नेतभन्दा तीन सय चार मत बढी ल्याउदै गुरुङ बिजयी भएका हुन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा पनि बस्नेतलाई पराजित गर्दै गुरुङ निर्वाचित भएका थिए ।

यसैगरीमा वडा नं. १ को महिला सदस्यमा कुसुमदेवी श्रेष्ठ, दलित महिला सदस्यमा चित्रकुमारी विक, सदस्यमा अमन लामा र राकेश सुब्बा विजयी भएका छन् ।

प्रमुख र उपप्रमुखमा गठबन्धनलाई बढी मत

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १ बाट गठबन्धनको तर्फबाट नगर प्रमुख र उपप्रमुखको उम्मेदवारले एमालेका उम्मेदवार भन्दा बढी मत प्राप्त गरेका छन् ।

गठबन्धनको प्रमुखका उम्मेदवार राजन पौडेलले एक हजार ६ सय ४९ मत प्राप्त गर्दा एमालेकी सरस्वती देवी चौधरीले नौ सय ४८ मत प्राप्त गरेकी छिन् ।

यसैगरी उप्रमुखमा गठबन्धनकी मेघा शाहीले एक हजार पाँच सय १४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारीले एक हजार ४५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्