जीतपुरसिमरा २२ मा कांग्रेसका रुम्बासहित प्यानल विजयी
सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ मा नेपाली कांग्रेसका उम्मेदवार शेखर काजी रुम्बासहित प्यानल विजयी भएको छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जित हात पारेको उक्त वडामा कांग्रेस विजयी भएको हो । कांग्रेसको वडाध्यक्षका उम्मेदवार रुम्बा तीन सय ५६ मत ल्याउदै निर्वाचित भए ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका दीपेन्द्र लामाले तीन सय पाँच मत प्राप्त गरे । यसैगरी जनता समाजवादी पार्टीका सुर्य बहादुर थिङले दुई सय ७६ र नेकपा माओवादी केन्द्रका उम्मेदवार बिरबहादुर तामाङले दुई सय १९ मत प्राप्त गरेका छन् ।
प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारलाई बढी मत
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ मा गठबन्धनका नगर प्रमुख र उपप्रमुख उम्मेदवारले एमालेका उम्मेदवार भन्दा बढी मत प्राप्त गरेका छन् ।
गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार चार सय ३८ मत प्राप्त गर्दा एमालेकी सरस्वतीदेवी चौधरीले तीन सय २६ मत प्राप्त गरिन् । यसैगरी उपप्रमुखकी उम्मेदवार मेघा शाहीले पाँच सय ३० मत प्राप्त गर्दा भोलाप्रसाद अधिकारीले तीन सय १२ मत प्राप्त गरेका छन् ।