जीतपुरसिमराको चार वटा वडाको मतगणना हुँदै


eShilalekh

१ जेष्ठ २०७९, आईतवार १०:५७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको चार वटा वडाको मतगणना अहिले जारी छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडा नं. २, ३, ४ र २१ को मतगणना अहिले भईरहेको छ ।

वडा नं. २ मा एमालेका धनबहादुर श्रेष्ठ अग्रस्थानमा देखिदा अन्य वडाको प्रारम्भिक मतपरिणाम आउन बाँकी छ । यसैगरी वडा नं. २० को मतगणना सुरु गर्न लागिएको कार्यालयले जनाएको छ ।

उपमहानगपालिकाको हालसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा तीन वडामा कांग्रेस र एक वडामा एमालेका उम्मेदवार निर्वाचित भईसकेका छन् ।

वडा नं. १ः हिराबहादुर गुरुङ (कांग्रेस)
वडा नं. २२ः शेखर काजी रुम्बा (कांग्रेस)
वडा नं. २३ः मुस्तकिम अंसारी (एमाले)
वडा नं. २४ः सुलतान अंसारी (कांग्रेस)

प्रतिक्रिया दिनुहोस्