जीतपुरसिमरा ३ मा एमालेको अग्रता


eShilalekh

१ जेष्ठ २०७९, आईतवार १६:४४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ मा नेकपा एमालेको वडाध्यक्षका उम्मेदवार तारा कार्कीले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार पाँच सय पचास मतगणना हुदा कार्कीले दुई सय १६ मतसहित अग्रता लिएका हुन् । मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार दिनेश सुवेदीले एक सय ७८ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार जगन्नाथ घिमिरेले ६१ मत प्राप्त गरेका छन् ।

वडा नं. ३ बाट उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवारले बढी मत पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार राजन पौडेलले दुई सय ९२ र उपप्रमुख पदकी उम्मेदवार मेघा शाहीले एक सय ६४ मत प्राप्त गरेकी छिन् ।

यसैगरी वडा नं. ३ बाट एमालेकी नगर प्रमुख उम्मेदवार सरस्वतीदेवी चौधरीले एक सय ५२ मत प्राप्त गरेकी छिन् । उपप्रमुख पदका उम्मेदवार भोलाप्रसाद अधिकारीले दुई सय पाँच मत प्राप्त गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ हालसम्म गणना भएको मतपरिणामः
नेकपा एमाले
प्रमुखः १५२
उपप्रमुखः २०५
वडाध्यक्षः २१६
महिला सदस्यः २३२
दलित महिला सदस्यः २१७
खुल्ला सदस्यः १८८
खुल्ला सदस्यः १७९

गठबन्धन
प्रमुख (माओवादी) ः २९२
उपप्रमुख (कांग्रेस) ः १६४

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः ६१
महिला सदस्यः १०१
दलित महिला सदस्यः १०४
खुल्ला सदस्यः १२३
खुल्ला सदस्यः १७०

नेपाली कांग्रेस
वडाध्यक्षः १७८
महिला सदस्यः ९७
दलित महिला सदस्यः ९१
खुल्ला सदस्यः ७४
खुल्ला सदस्यः ७८

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः ६
उपप्रमुखः ४
वडाध्यक्षः २
महिला सदस्यः
दलित महिला सदस्यः
खुल्ला सदस्यः
खुल्ला सदस्यः

प्रतिक्रिया दिनुहोस्