जीतपुरसिमरा २ मा श्रेष्ठ फराकिलो मतसहित अग्र स्थानमा


eShilalekh

१ जेष्ठ २०७९, आईतवार १६:५६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार धनबहादुर श्रेष्ठ फराकिलो मतसहित अग्र स्थानमा यथावत रहेका छन् ।

मतगणनाको सुरुवातदेखी अग्र स्थानमा रहेका श्रेष्ठ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवार भन्दा फराकिलो मतले अघि देखिएका हुन् । कुल दुई हजार ६ सय मतगणना एमालेका उम्मेदवार श्रेष्ठ एक हजार एक सय ७९ मतसहित अग्र स्थानमा छन् ।

माओवादी केन्द्रका तिलकबहादुर श्रेष्ठले पाँच सय ५९ र कांग्रेसका विजय बम्जनले चार सय ५३ मत प्राप्त गरेका छन् ।

गठबन्धनका प्रमुख र उपप्रमुखलाई बढी मत

जीतपुरसिमरा उपमहानगरपालिका २ को हालसम्म गणना भएको दुई हजार ६ सय मतमा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार राजन पौडेलले एक हजार एक सय २४ मत प्राप्त गरेका छन् भने एमालेकी सरस्वतीदेवी चौधरीले आठ सय १२ मत पाएकी छिन् ।

यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीले नौ सय ४६ र एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारीले समान नौ सय तीन मत प्राप्त गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ हालसम्म गणना भएको मतपरिणामः
नेकपा एमाले
प्रमुखः ८१२
उपप्रमुखः ९०३
वडाध्यक्षः ११७९
महिला सदस्यः ९४४
दलित महिला सदस्यः ९८९
खुल्ला सदस्यः ९३१
खुल्ला सदस्यः ९३१

गठबन्धन
प्रमुख (माओवादी): ११२४
उपप्रमुख (कांग्रेस): ९४६

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः ५५९
महिला सदस्यः ६४२
दलित महिला सदस्यः ६०३
खुल्ला सदस्यः ५६२
खुल्ला सदस्यः ५२५

नेपाली कांग्रेस
वडाध्यक्षः ४५३
महिला सदस्यः ४२९
दलित महिला सदस्यः ४२३
खुल्ला सदस्यः ४५७
खुल्ला सदस्यः ४७०

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः १५०
उपप्रमुखः १७५
वडाध्यक्षः ११४
महिला सदस्यः १६१
दलित महिला सदस्यः १८५
खुल्ला सदस्यः १८२
खुल्ला सदस्यः २२७

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः १३८
उपप्रमुखः १४०
वडाध्यक्षः १०६
महिला सदस्यः १५८
दलित महिला सदस्यः १२१
खुल्ला सदस्यः १२२
खुल्ला सदस्यः १३०

प्रतिक्रिया दिनुहोस्