परवानीपुर गाँउपालिकामा एमालेका कुर्मी र कानु विजयी
सिमराः बाराको परवानीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रामक्षत्री प्रसाद कुर्मी गाउँपालिका निर्वाचित भएका छन्। कुर्मी दुई हजार ९ सय १७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत एमालेबाट उम्मेदवार रहेका कुर्मी पराजित हुन पुगेका थिए ।
कुर्मीका निकटतम प्रतिस्पर्धी लोसपाका जगतनारायण महतोले दुई हजार ४४३, काँग्रेसका लालबाबुप्रसाद यादवले दुई हजार ४२६ मत ल्याएका छन्।
गाँउपालिका उपाध्यक्षमा सोही पार्टीकी सुगान्धी देवी कानु विजयी भएकी छन्। निर्वाचित उपाध्यक्ष कानुले तीन हजार २ सय ३२ मत ल्याएकी हुन्। कानुले गाँउपालिकाअध्यक्षभन्दा पनि बढी मत प्राप्त गरेकी छिन् ।