प्रेस चौतारीका केन्द्रीय सचिव उपाध्यायलाई पितृशोक
सिमराः प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवम् नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष कमलकुमार उपाध्यायलाई पितृशोक परेको छ । उपाध्यायको बुवा नवराज उपाध्यायको ८४ वर्षको उमेरमा सोमबार विहान निधन भएको हो ।
कृपा दैनिकका प्रधानसम्पादक समेत रहेका उपाध्याय उक्त रक्तचापका कारण विरामी भएपछि उपचाररत थिए । रक्तचापका कारण पक्षघात भएपछि पछिल्लो समय अचेत अवस्थामा रहेका उपाध्यायको वीरगन्जस्थित निलकण्ठ अस्पतालमा उपचार हुदै आएको थियो ।
उपाध्यायको बाग्मतीमा दाहसंस्कार गरिने परिवारले जानकारी गराएको छ । उपाध्याय २०६० सालदेखी बाराबाट प्रकाशन हुँदै आएको कृपा दैनिकको प्रधानसम्पादक हुन् ।
यसैगरी उपाध्यायको निधनप्रति प्रेस चौतारी नेपाल, बाराले शोकविज्ञप्ती जारी गरी उपाध्यायप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदनमा व्यक्त गरेको छ ।