महिलालाई सामुहिक बलात्कार गर्ने दुई किशोर पक्राउ
सिमरा: एक महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा बारा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. १ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर रहेका छन् । असार २५ गते गोठघरमा एक्लै सुतिरहेकी महिलामाथी दुबैले बलत्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जबर्जस्ती करणी सम्बन्धि कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।