अनेम संघ बाराको विस्तारित बैठक कलैयामा सम्पन्न
कलैयाः नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बाराको विस्तारित बैठक बुधवार कलैयामा सम्पन्न भएको छ ।
अनेम संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीकी सचिव एवम् प्रतिनिधि सभा सदस्य सुजिता शाक्यको उपस्थितीमा बैठक सम्पन्न भएको हो ।
कलैयास्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न बैठकमा एमाले पोटिव्युरो सदस्य अच्युत मैनाली, केन्द्रीय सदस्य बलबिर चौधरी, महमद समिर, प्रदेश कमिटी सदस्य निर्मला देवकोटा, जिल्ला कमिटी उपाध्यक्ष टिना सुवेदी, सचिव अध्यानन्द पाण्डे, निजगढ नगरपालिकाकी निवर्तमान उपप्रमुख लिलादेवी लामिछाने खनाललगायतको उपस्थिती रहेको थियो ।
बैठकमा शाक्यसहितका नेताले सहभागीलाई संघको भूमिका, आगामी निर्वाचनमा संघको दायित्वलगायतका विषयमा प्रशिक्षण समेत दिइएको थियो । संघकी जिल्ला अध्यक्ष ज्ञानु केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव रेनु रिमालले गरेकी थिईन् ।
कार्यक्रममा संघमा आवद्ध जिल्ला, प्रदेशका पदाधिकारी, सदस्यको उपस्थिती रहेको थियो ।