पथलैया यु२० फूटवलः न्यु योङ स्टार क्लब विजयी
पथलैयाः मंगोलियन युवा क्लबलाई पराजित गर्दै न्यु योङ स्टार क्लब महेन्द्रनगर पथलैयामा जारी प्रथम पथलैया यु२० नकआउट फूटवल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
महेन्द्रनगरले मंगोलियनलाई १-० गोलले पराजित गरेको हो । महेन्द्रनगरको जितमा आशिष घलेले निर्णायक गोल गरेका थिए । दोस्रो हाफको तेस्रो मिनेटमा आशिषले गरेको गोल निर्णायक बनेको थियो ।
आशिष खेलको म्यान अफ दि म्याच घोषित भए । पथलैया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सुरेश लामाले म्यान अफ दि म्याच आशिषलाई पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत विहिवार मनकामना एफसी र अमलेखगंज युनाईडेडबीच हुनेछ ।
युवा जागरण क्लब र दिब्य ज्योती क्लबको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले २० हजार प्राप्त गर्नेछन् ।