सिमरा जेसिजको स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


eShilalekh

२६ श्रावण २०७९, बिहीबार १९:०६

सिमराः विद्यार्थीलाई लक्षित गर्दै सिमरा जेसिजले विहिवार सिमरामा स्वास्थ्य सेचतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । लागुऔषध प्रयोगबाट निम्तिन सक्ने मानसिक तथा व्यवहारिक समस्याका विषयमा जेसिजले कार्यक्रम आयोजना गरेको हो ।

सिमरास्थित सिमरा कलेजमा अध्ययनरत स्नातक तहका विद्यार्थीलाई कक्षा कोठामै पुगेर जेसिजले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको थियो । कलेजमा अध्ययनरत ६० जना विद्यार्थीले सहभागिता जनाएको उक्त कार्यक्रममा डा. दीपक गिरीले सहजिकरण गरेका थिए ।

डा. गिरीले लागुऔषध सेवनबाट निम्तिएका र सम्भावित समस्या, त्यसको प्रयोगबाट टाढा रहने उपाय र लागुऔषध प्रयोगकर्तालाई समाजमा पुर्नस्थापित गराउनका लागि सामाजिक व्यक्तिको भूमिकाका विषयमा विद्यार्थीसंग अन्र्तक्रियात्मक छलफल गरेका थिए ।

सिमरा जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष शालिकराम अधिकारी, कार्यक्रम संयोजक सुयोग अधिकारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन रञ्जित सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्