सिमरा खानेपानीको स्थगित साधारण सभा असोज १ गते
सिमराः गणपूरक संख्या नपुगरेको कारण स्थगित सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २०औं वार्षिक साधारण सभा असोज १ गते हुने भएको छ ।
भदौ २५ गते शनिवारका लागि बोलाइएको संस्थाको २०औं वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।
अध्यक्ष कासिम हुसेनले सभा स्थगित गर्दै असोज १ गतेका लागि सभाको मिति तोकेका हुन् । हुसेनले असोज १ गतेका लागि तोकिएको सभालाई सफल बनाउनका लागि उपस्थिति जनाउन सम्पूर्ण उपभोक्तालाई आग्रह गरेका छन् ।