तीन नम्बर पुल बस दुर्घटनाका १४ मृतक र २५ घाईतेको नाम खुल्यो (नामावलीसहित)
सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुलको मोडमा बिहिवार बिहान भएको बस दुर्घटनाका मृतक र घाईतेको नाम खुलेको छ ।
नारायणघाटबाट वीरगन्जतर्फ आउदै गरेको बा. प्र–०६–००१ख ०११० यात्रुबस पथलैया–हेटौडा सडकखण्ड अन्तगर्त पर्ने तीन नम्बर पुलको घुमाउरो बाटोबाट तल खसेको थियो । ४० जना भन्दा बढी यात्रु बोकेको बस सडकबाट तल खस्दा क्षतविक्षत बनेको थियो ।
दुर्घटनामा परी मृत्यु भएका १० पुरुष र ६ महिलामध्ये १४ जनाको सनाखत भएको छ ।
बस दुर्घटनामा परी ज्यान गुमाउनेको नाम:
१. जीतपुरसिमरा २२ का २८ वर्षीय सुरेश विक
२. कलैया उपमहानगरपालिका २ का ४१ वर्षीय लिलाराज चौधरी
३. कलैया उपमहानगरपालिका १० की ३६ वर्षीया नाजलिन खातुन
४. कलैया उपमहानगरपालिका १० का २६ वर्षीय ईताजत अंसारी
५. चितवन खैरहनी नगरपालिका ५ बुडौलीका ६३ वर्षीया नन्दकुमारी पुडासैनी
६. चितवन खैरहनी नगरपालिका ५ बुडौलीका ३५ वर्षीय मनोरथ पुडासैनी
७. चितवन कालिका नगरपालिकाका १५ वर्षीय सफल कंडेल
८. वीरगन्ज महानगरपालिका १६ का ६५ वर्षीय सोमप्रसाद चौरसिया
९. वीरगन्ज महानगरपालिका १६ की ३६ वर्षीया मुन्नीदेवी चौरसिया
१०. हेटौडा उपमहानगरपालिका ७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ
११ं हेटौडा उपमहानगरपालिका ७ की २० वर्षीया स्वस्तिका श्रेष्ठ
१२. ओखलढुंगाका लालबहादुर बोगटी
१३. गोर्खाका ३५ वर्षीया अम्बिका कंडेल
१४. जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोषकुमार राय
मृतकमध्ये दुई जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन् । यसैगरी दुर्घटनमा घाईते भएकाहरुको हेटौडास्थित चुरेहिल अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज, वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ ।
चुरेहिल अस्पताल उपचाररत घाईते:
१. बसचालक स्याङजा आदिखोला ६ का दिप्तीनारायण ढकाल
२. वीरगन्ज १४ का अनवर अंसारी
३. जीतपुरसिमरा २१ का आएन बम्जन्
४. कलैया १४ का ५ वर्षिय अनस आलम
६. भरतपुर उपमहानगरपालिका १२ की १६ वर्षीया रितिका चौधरी
७. भरतपुर उपमहानगरपालिका १२ की १२ वर्षीया प्रिति चौधरी
८. पर्सा पकाहामैनपुर गाँउपालिका ४ का २० वर्षीय सन्देश यादव
चितवन मेडिकल कलेज उपचाररत घाईते:
१. नाम नखुलेको एक महिला, अवस्था गम्भिर
२. वीरगन्ज १६ की २ वर्षीया साक्षी चौरसिया
३. वीरगन्ज १६ का ९ वर्षीय दिब्य चौरसिया,
४. वीरगन्ज १६ की ३५ वर्षीया लक्ष्मीयादेवी,
५. वीरगन्ज १६ की २२ वर्षीया रविना चौधरी,
६. वीरगन्ज १६ का २५ वर्षीय सन्दिप चौरसिया
७. खैरहनी ८ का ५४ वर्षीय भिमसेन अधिकारी
८. खैरहनी ८ की ३८ वर्षीय रविना अधिकारी
९. खैरहनी ८ का १७ वर्षीय सन्देश अधिकारी
१०. खैरहनी ८ की १४ वर्षीय सृष्टी अधिकारी
११. हेटौडा १४ की मन्जुकुमारी लोप्चन
१२. हेटौडा १४ की ७ वर्षीया सुवानी घिसिङ
१३. हेटौडा १४ का १२ वर्षीय विज्ञान घिसिङ,
१४. हेटौडा १४ का १४ वर्षीय अमृत लोप्चन
१५. हेटौडा १४ का १४ वर्षीय प्रशान्त स्याङतान
भरतपुर मेडिकल कलेजमा उपचाररत घाईतेः
१. हेटौडा १४ की ठुलीमाया लोप्चन
२. भरतपुर २२ का २१ वर्षीय आयुस बास्तोला
वीरगन्जस्थित नारायणी अस्पताल उपचाररत घाईतेः
१. वीरगन्ज १६ की ६० वर्षीया मालतीदेवी चौरसिया