मधेस प्रदेशमा आईतवार सार्वजनिक विदा
सिमराः मधेस प्रदेश सरकारले आईतवार सार्वजनिक विदा दिएको छ । ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसर पारेर प्रदेश सरकारले विदा दिएको हो ।
प्रदेश सरकारले २०७८ चैत्र १८ गते प्रकाशित गरेको राजपत्रमा पैगम्बर मोहम्मदको जन्मदिनको विदा दिने उल्लेख छ । मिति यकिन नभएका कारण पछि विदा दिने गरी राजपत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार प्रदेश सरकारले सूचना जारी गर्दै सार्वजनिक विदा दिएको हो । गृह तथा संचार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले सूचना जारी गरेका हुन् ।