टिकट नपाएपछि एमाले मधेस प्रदेश कमिटी सदस्य श्रेष्ठले दिए राजीनामा
सिमराः नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बारा क्षेत्र नं. १(क) तर्फ प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले एमाले परित्याग गरेको घोषणा हुन् ।
एमालेले प्रदेशसभा सदस्यमा उम्मेदवार बनाएपछि असन्तुष्ट भएका श्रेष्ठले राजीनामा दिएका हुन् । श्रेष्ठ प्रदेशसभा सदस्यको आकांक्षी थिए ।
श्रेष्ठसंगै उनको मनोनयनपत्रमा प्रस्तावक र समर्थक बसेका अन्य दुईले समेत राजिनामा दिएका छन् । राजीनामा दिनेमा एमालेका यमबहादुर खड्का (नारायण) र गोपाल लम्सालले रहेका छन् ।