मुसर्नीमाई मन्दिरको स्तरोन्नतिलाई प्राथमिकता दिनेछुः चौधरी


eShilalekh

३१ आश्विन २०७९, सोमबार ०९:०१

सिमराः बारा क्षेत्र नं. ४(क) बाट प्रदेशसभा सदस्यतर्फका उम्मेदवार देवनारायण चौधरीले जीतपुरसिमरा २ स्थित मुसर्नीमाई मन्दिरको स्तरोन्नतिका कामलाई आफूले प्राथमिकतामा राख्ने बताएका छन् ।

निर्वाचन प्रचार अभियानका क्रममा सोमबार बिहान मन्दिरमा आयोजित भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका उम्मेदवार चौधरीले सिमराको ईतिहास बोकेको र ठुलो शक्तिपिठको रुपमा रहेको मन्दिरलाई स्तरोन्तति गर्न आफू पछि नहट्ने बताए ।

भेलामा उनले मुसर्नीमाईसंगै बारा क्षेत्र ४ (क) अन्तर्गत पर्ने मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत विभिन्न धार्मिक सम्पदाको संरक्षण तथा पुर्ननिर्माणको काम गर्ने बताए ।

नेकपा एमाले वडा नं. २ निर्वाचन परिचालन कमिटीको आयोजनामा भएको भेलामा मुसर्नीमाई क्षेत्रका स्थानीयको उपस्थिती रहेको थियो । भेलामा वडा कमिटीका अध्यक्ष रवीन्द्र खकुरेल, एमाले नेता अमृतलाल श्रेष्ठ, उद्धव गौतम, पूर्णचन्द्र तिमिल्सिना, राजेन्द्र गौतमलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्