एमालेको निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन
सिमराः नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. ४(क) को निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।
जीतपुरसिमरा २ स्थित एमालेको वडा कमिटीको कार्यालयमा निर्वाचन सम्पर्क कार्यालय गरिएको हो । कार्यालयको उद्घाटन गर्दै पौडेलले एमालेको जिताउने अभियानमा जुट्न सबैलाई आग्रह गरे ।
चुनावी प्रचार कार्यक्रमलाई प्रभावकारी ढंगले अघि सम्पर्क कार्यालयको ठुलो महत्व हुने भन्दै नेता पौडेलले एमालेको नारा लिएर गाँउ र टोलमा पुग्न कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, बारा क्षेत्र नं. ४ का उम्मेदवार एकबाल मियाँ, ४(क) का उम्मेदवार देवनारायण चौधरी, निवर्तमान प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सिता गुरुङ, एमाले प्रदेश कमिटी सदस्य दिनेश्वर ठाकुरलगायतको उपस्थिती रहेको थियो ।
बारा क्षेत्र नं. ४ (क) को निर्वाचन परिचालन कमिटि सहसंयोजक कासिम हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २ को वडाकमिटी अध्यक्ष रविन्द्र खकुरेलले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण बिशाल घिमिरेले गरेका थिए ।