संविधान सभा सदस्य पराजुलीको घरमा चोरी


eShilalekh

६ कार्तिक २०७९, आईतवार ११:०२

सिमराः संविधान सभा सदस्य एवम् नेपाली काँग्रेसका नेता डा. शोभाकर पराजुलीको घरमा चोरी भएको छ । जीतपुरसिमरा ४ औराहास्थित पराजुलीको समता सदन निवासमा चोरी भएको हो ।

पराजुली परिवारसहित काठमाण्डौंमा भएको बेला उनको घरमा चोरी भएको हो । पराजुलीका सहयोगी शुक्रवार घरमा आएपछि मात्रै चोरी भएको थाहा पाएका थिए ।

घरको मुल गेटको ताला फुटाएको र कोठा सरससमान यत्रतत्र पालिएको अवस्थामा देखेपछि सहयोगीले प्रहरीलाई खबर गरेका थिए ।

पराजलुको घरबाट टिभीलगायतको सामान चोरिएका छन् । पराजुली घरमा नरहेका कारण के कती चोरी भयो भन्ने विषय खुलेको छैन् । ईलाका प्रहरी कार्यालय सिमराले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्