मधेस प्रदेशमा आजदेखी आठ दिन सार्वजनिक बिदा
सिमराः तिहार र छठ पर्वका लागि आज (सोमबार) देखी सार्वजनिक बिदा सुरु भएको छ । यमपञ्चकको तेस्रो दिनदेखी बिदा सुरु भएको हो ।
अन्य प्रदेशमा तिहार र छठको बिदा सात दिन हुँदा मधेस प्रदेशमा आठ दिनसम्म सार्वजनिक बिदा हुनेछ । संघीय सरकारले दुबै पर्वका लागि सात दिनको बिदा दिएको छ भने मधेस प्रदेश सरकारले छठका लागि एक दिन बिदा थप गरेको छ ।
मधेस प्रदेश सरकारले प्रकाशित गरेको राजपत्रमा छठ पर्वको भोलिपल्ट एक दिन बिदा दिने उल्लेख छ । संघीय सरकारले कार्तिक १३ गतेसम्म विदा दिएको छ भने १४ गते मधेस प्रदेश सरकारको विदा हुनेछ ।
मधेस प्रदेशमा धुमधामका साथ मनाईने छठ पर्वका लागि प्रदेश सरकारले छठको भोलीपल्ट एक दिन बिदा दिदै आएको छ । यस वर्ष भाईटिका कार्तिक १० गते र छठ कार्तिक १३ गते परेको छ ।