एमाले बाराका नेता पौडेललाई मातृशोक
सिमराः नेकपा एमाले बाराका नेता मनोज पौडेललाई मातृशोक परेको छ । पौडेलकी आमा भागिरथी पौडेलको ७६ वर्षको उमेरमा विहिवार निधनमा भएको हो ।
लामो समयदेखी मुखको क्यान्सरबाट पीडित भागिरथीको सिमरास्थित निवासमा निधन भएको एमाले सचिवालय सदस्य पौडेलले जानकारी दिए । भाइटिका सम्पन्न भएको केही समयपछि भागिरथीको निधन भएको हो ।
भागिरथीको पार्थिव शरिर अन्तिम संस्कारका लागि बाग्मती लगिएको छ ।