यी हुन् आफैलाई भोट हाल्न नपाउने उम्मेदवार
सिमराः बाराको चार वटै निर्वाचन क्षेत्रका उम्मेदवारमध्ये नेकपा एकिकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ एकमात्र त्यस्ता उम्मेदवार हुन् जसले आफैले आफैलाई मतदान गर्न पाउने छैनन् ।
तनहुँ घर भएका पूर्वमन्त्री श्रेष्ठको नाम यस क्षेत्रको मतदाता नामावलीमा छैन् । जसका कारण श्रेष्ठले आफैले आफैलाई मतदान गर्न पाउदैनन् ।
श्रेष्ठको नाम तनहुँ ब्यास नगरपालिका वडा नं. ४ मा छ । तनहुँको मतदाता भएपनि उनि चुनाव लड्न बारा आएका हुन् । श्रेष्ठ अघिल्लो निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
आफैले आफैलाई मतदान गर्न नपाउने उनि बाराको एकमात्रै उम्मेदवार हुन् । उनिसंग प्रतिस्पर्धामा देखिएका अन्य उम्मेदवार भने जिल्ला भित्रकै स्थायी बासिन्दा हुन् ।