बारा ४ः प्रतिनिधिसभामा श्रेष्ठ र प्रदेशसभामा चौधरीको अग्रता


eShilalekh

५ मंसिर २०७९, सोमबार १९:४९

सिमराः बारा क्षेत्र नं. ४ मा नेकपा गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले अग्रता लिएका छन् । प्रसौनी गाँउपालिका वडा नं. ७ बन्जरियाको मतगणना सम्पन्न हुँदा श्रेष्ठले दुई सय ७९ मतले अग्रता लिएका हुन् ।

उक्त वडाको एक हजार पाँच सय ८१ मत गणना हुँदा श्रेष्ठले सात सय ७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकवाल मियाँले चार सय ९८ मत पाएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जलिल देवानले ८३, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले ३७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्य ४(१) तर्फ नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरीले अग्रता लिएका छन् । प्रसौनी ७ को मतगणना सम्पन्न हुँदा चौधरीले ६ सय तीन मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठले चार सय आठ, हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले दुई सय २८, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम जर्गामगरले एक सय ३९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्