बारा ३ मा ज्वाला साहलाई ८७८ मतको अग्रता


eShilalekh

७ मंसिर २०७९, बुधबार १२:०३

सिमराः बारा क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार ज्वालाकुमारी साहले मतान्तर फराकिलो बनाउदै लगेकी छिन् । नेकपा एमालेकी उम्मेदवार साहले जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबु यादवभन्दा आठ सय अठहत्तर मतले अग्रता लिएकी हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार बुधवार विहान ११ः२० बजेसम्म साहले नौ हजार ८ सय १७ मत प्राप्त गर्दा यादवले आठ हजार नौ सय ३९ मत पाएका छन् । यसैगरी तेस्रो स्थानमा रहेका लोसपाका उम्मेदवार लालबाबु सिंहले ६ हजार ६ सय २६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्