सिमरामा भेट्रान कप फूटवल हुदैं


eShilalekh

३० भाद्र २०७८, बुधबार १४:५३

सिमराः देशभरका २० टिमको सहभागिता गराई सिमरामा भेट्रान कप फूटवल प्रतियोगिताको आयोजना हुदैछ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को सहयोगमा हुलास फूटवल क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।


असोज १ गतेदेखी सुरु हुने प्रतियोगिताको उपाधी भिडन्त भने ९ गते हुनेछ । प्रतियोगिताको विजेताले ५० र उपविजेताले ३० हजार नगर प्राप्त गर्नेछ ।


प्रतियोगितामा सिमरा, चन्द्रनिगाहपुर, वीरगन्ज युथ एकेडेमी, फ्रेन्डसिप भेट्रान हेटौडा, पश्चिम चितवन, नागसोती भेट्रान हेटौडा, अभिषेक चर्च भेट्रान नवलपरासी, बौद्ध भेट्रान काठमाण्डौ, फ्रेन्डस् क्लब भेट्रान काठमाण्डौ, विराटनगर भेट्रान, एफ.सि काल भैरव हेटौडा, भेट्रान सिटि वीरगन्ज, वीरगन्ज सिटि भेट्रान, बाग्मती, कोल्हवी, बकुलिया चावहिल काठमाण्डौ, चितवन, जैतापुर र आयोजक हुलास फुटबल क्लबले सहभागिता जनाउने प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्