डुमरवानामा वडाध्यक्ष कपको तयारी सुरु


eShilalekh

३० भाद्र २०७८, बुधबार १५:२७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता गरिने भएको छ । उपमहानगरपालिका भित्रका २४ वटा वडाका टिमले सहभागिता जनाउने गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो ।


प्रतियोगिताको विषयमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । असोज २ गतेदेखी सुरु हुने प्रतियोगिताको फाईनल भिडन्त असोज २५ गते हुने आयोजक सुन्दरबस्ती युवा क्लबका अध्यक्ष रविन्दै गुरुङ जानकारी दिए ।


प्रतियोगिताको विजेताले ५० र उपविजेताले २५ हजार नगर प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद प्रदान गरिने गुरुङले जानकारी दिए ।


पत्रकार सम्मेलनमा वडाध्यक्ष रामप्रसाद लामिछाने, कार्यपालिका सदस्य राजकुमार राम, वडा सदस्य मनमाया घले, सुमित्रा नेपाली, वडा सचिव प्रदिप रेग्मीलगायत क्लबका पदाधिकारी र स्थानियको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्