यी हुन् बाराका पाँच समानुपातिक सांसद, संघ र प्रदेशमा अब १७ सांसदले प्रतिनिधित्व गर्ने
सिमराः समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुने समानुपातिक सांसदमा बाराका पाँच जना परेका छन् । विभिन्न राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्यमा एक र प्रदेशसभा सदस्यमा चार जना परेका हुन् ।
राजनीतिक दलले समानुपातिक सांसद चयन गरी नामावली निर्वाचन आयोगमा बुझाईसकेका छन् । आयोगले राजनीतिक दलबाट प्राप्त नामावली अनुसार समानुपातिक सांसद निर्वाचित गर्ने प्रक्रिया अघि बढाईसकेको छ ।
बाराबाट चार महिला र एक पुरुष नाम सांसदको लागी चयन भएको छ । समानुपातिक सांसद चयन हुनेमा सबै नयाँ अनुहार छन् ।
प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रको सूचिबाट नेपाल समाजवादी पार्टीकी उमरावतीदेवी यादवको नाम निर्वाचन आयोगमा पुगेको छ । माओवादी केन्द्रले बुझाएको १४ जनाको सूचिमा उमरावतीको नाम समावेश छ ।
यसैगरी प्रदेशसभातर्फ नेकपा एमालेबाट मञ्जुकुमारी थापामगर, नेपाली कांग्रेसबाट मिनाकुमारी लामा र नेकपा एकिकृत समाजवादीबाट लक्ष्मीदेवी लोहार र नागरिक उन्मुक्ती पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी प्रदेशसभा सदस्यका लागि चयन भएका छन् ।
यो संगै बाराबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको संख्या १७ पुगेको छ । यसअघि प्रत्यक्ष निर्वाचन प्रणालीबाट १२ जना निर्वाचित भईसकेका छन् ।
यी हुन् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदः
बारा १ः अच्युत मैनाली
बारा २ः रामसहाय यादव
बारा ३ः ज्वालाकुमारी साह
बारा ४ः कृष्णकुमार श्रेष्ठ
उमरावतीदेवी यादव (समानुपातिक)
यी हुन् प्रदेशसभा सदस्यमा प्रतिनिधित्व गर्ने सांसदः
बारा १(१): त्रिलोकी चौधरी
बारा १(२): सरोज यादव
बारा २(१): सारदा संकर कलवार
बारा २(२): बच्चा राउत अहिर
बारा ३(१): रविन्द्रदास श्रेष्ठ
बारा ३(२): महम्मद समिर
बारा ४(१): देवनारायण चौधरी
बारा ४(२): जितेन्द्र सोनल
मञ्जुकमारी थापामगर (समानुपातिक)
मिनाकुमारी लामा (समानुपातिक)
लक्ष्मी देवी लोहार (समानुपातिक)
रामचन्द्र चौधरी (समानुपातिक)