समानुपातिक सांसदको सूचीमा हेरफेरः बारामा चौधरीको नाम काटियो, जैसवालको थपियो
सिमराः नेकपा एमालेबाट बाराका दुई महिला मधेस प्रदेशसभा सदस्यमा निर्वाचित हुने भएका छन् । एमालेले मंगलवार निर्वाचन आयोगमा पेश गरेको अन्तिम नामावाली अनुसार जिल्लाबाट दुई महिला निर्वाचित हुने निश्चित भएको हो ।
एमालेको अन्तिम सूचीअनुसार आदिवासी जनजातिबाट मञ्जु थापामगर र अल्पसंख्यकबाट राजपतीदेवी जैसवाल निर्वाचित हुने भएका हुन् । यसअघि एमालेले थापामगरको नाम मात्रै आयोगमा पठाएको थियो ।
एमालेले बुझाएको सूचीमा प्राथमिकता क्रम मिचिएको भन्दै आयोगले उक्त नामावली सच्याएर पठाउन पत्राचार गरेको थियो । आयोगले पत्राचार गरेपछि एमालेले अल्पसंख्यकको प्राथमिकताका आधारमा शिला यादवको नाम हटाएर जैसवालको नाम पठाएको हो ।
उन्मुक्ति पार्टीका चौधरीको स्थानमा सिंह
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले बाराका अध्यक्ष रामचन्द्र चौधरीको स्थानमा उर्मिलादेवी सिंहको नाम पठाएको छ । महिलाको नाम पठाउनुपर्नेमा पुरुषको नाम पठाएको भन्दै आयोगले पार्टी नाम सच्याउन पत्राचार गरेको थियो ।
आयोगको पत्रपछि उन्मुक्ति पार्टीले बाराका चौधरीको नाम हटाएर सर्लाहीकी उर्मिलादेवी सिंहको नाम पठाएको हो ।
यी हुन् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदः
बारा १ः अच्युत मैनाली-नेकपा एमाले
बारा २ः रामसहाय यादव-जसपा
बारा ३ः ज्वालाकुमारी साह-नेकपा एमाले
बारा ४ः कृष्णकुमार श्रेष्ठ-एकीकृत समाजवादी
उमरावतीदेवी यादव (समानुपातिक)-नेपाल समाजवादी पार्टी
यी हुन् प्रदेशसभा सदस्यमा प्रतिनिधित्व गर्ने सांसदः
बारा १(१): त्रिलोकी चौधरी-नेकपा एमाले
बारा १(२): सरोज यादव-जसपा
बारा २(१): सारदा संकर कलवार-स्वतन्त्र
बारा २(२): बच्चा राउत अहिर-जसपा
बारा ३(१): रविन्द्रदास श्रेष्ठ-नेकपा एमाले
बारा ३(२): महम्मद समिर-नेकपा एमाले
बारा ४(१): देवनारायण चौधरी-नेकपा एमाले
बारा ४(२): जितेन्द्र सोनल-लोसपा
मञ्जुकमारी थापामगर (समानुपातिक)-नेकपा एमाले
राजपतीदेवी जैसवाल (समानुपातिक)-नेकपा एमाले
मिनाकुमारी लामा (समानुपातिक)-नेपाली कांग्रेस
लक्ष्मी देवी लोहार (समानुपातिक)-एकीकृत समाजवादी
यसअघि पठाइएको नामावली यस्तो थियोः