ललितपुरले उचाल्यो भेट्रानको कपको उपाधी


eShilalekh

१५ आश्विन २०७८, शुक्रबार ०२:५३

सिमरा : ललितपुरको फ्रेन्ड्स क्लबले सिमरामा संचालित भेट्रान कप २०७८ को उपाधी उचालेको छ । अन्तिम भिडन्तमा चावहिलमाथी २-० को जित निकाल्दै ललितपुरले उपाधी उचालेको हो ।


ललितपुरलाई उपाधी जिताउन जुमनु राईले दुई गोल गरे । राई नेपालको राष्ट्रिय टिमका पूर्व खेलाडी हुन् । फाईलन खेलमा दुई गोल गरेका राई म्यान अफ दि म्याच समेत घोषित भए ।


चावहिललाई पराजित गरेको फ्रेन्ड्स क्लब ललितपुरले उपाधीसंगै नगद ५० हजार हात पारेको छ । उपबिजेता चावहिलले ३० हजार प्राप्त गरेको छ ।प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार चावहिलका सागर थापा घोषित भएका छन् । थापा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान हुन् । उनले खेल अवधीभर पाच गोल गरेका थिए ।


प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालीकाका नगर प्रमुख डा. कृष्ण पौडेललगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राई, नेकपा एमालेका नेता मनोज पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरु», ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुँवर, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सत्य श्रेष्ठ, आर.एन ईन्टरप्राईजेज सिमराका सञ्चालक राजकुमार श्रेष्ठ, यु आर गोल्ड प्रिमियम मसला चियाका सञ्चालक उमेश चौलागाई, नया गोरेटो पुर्नस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामा, सिमरा फाउण्डेसनका अध्यक्ष आरिफ हुसेन, नव दुर्गा युवा क्लबका अध्यक्ष हरि चौधरीलगायतको उपस्थिति रहेको थियो । सोमलाल बोम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदीप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्