मधेस प्रदेशका पूर्वसभामुख यादव जसपाको संसदीय दलको नेता चयन
सिमराः बारा क्षेत्र नं. १(२) बाट मधेस प्रदेशसभा सदस्यबाट निर्वाचित सरोज यादव जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा चयन भएका छन् । यादव सर्वसम्मत्रुपमा दलको नेता चयन भएका हुन् ।
यादवसंगै मुख्यमन्त्री समेत रहेका लालबाबु राउत दलको नेता बन्न इच्छुक थिए । यादव र राउत दुवैले आकांक्षा प्रस्तुत गरेपछि जसपाले दलको नेता चयन गर्न निर्वाचनको समेत तयारी गरेको थियो । तर अन्तिम समयमा सर्वसम्मत्रुपमा यादवलाई दलको नेता चयन गरिएको हो ।
यादव मधेस प्रदेशका पूर्वसभामुख हुन् । उनि २०७४ सालको निर्वाचनमा तत्कालिन राजपा (हाल लोसपा) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा तत्कालिन राजपाबाट निर्वाचित यादव यसपटक जसपा प्रवेश गरेका थिए ।