जीतपुरसिमरामा मेडिकल अधिकृतसहित प्राविधिक कर्मचारीले लिए नियुक्ति


eShilalekh

४ माघ २०७९, बुधबार १५:२४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्य र कृषी क्षेत्रतर्फ छनौट भएका प्राविधिक कर्मचारीलाई बुधवार नियुक्तिपत्र प्रदान गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले छनौट प्रक्रियामा सफल भएका कर्मचारीलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।

नियुक्तिपत्र पाएसंगै कर्मचारीले कार्यालयमा हाजिरी गरी काम सुरु गरेका छन् । उपमहानगरपालिकाले विभिन्न चरणमा गरी मेडिकल अधिकृत, स्टाफ नर्स, कृषी अधिकृत, पशु चिकित्सक र फार्मेसी सहायकका लागि कर्मचारी माग गरेको थियो ।

स्वास्थ्य र कृषी क्षेत्रतर्फको जनशक्ती थप गर्नका लागि करारमा कर्मचारी व्यवस्थापन कार्यविधि २०७५ को ५ बमोजिम गठित पदपूर्ति समितिको निर्णयअनुसार उपमहानगरपालिकाले प्राविधिक कर्मचारी माग गरेको थियो । उपमहानगरपालिकाले माग गरेबमोजिम आवेदन दिएकामध्ये ९ जना परिक्षार्थी लिखित र मौखिक परिक्षा उतिर्ण गर्दै कर्मचारीका लागि छनौट भएका थिए ।

उपमहानगरपालिको प्राविधिक सेवातर्फ उतिर्ण हुनेमा कर्मचारीमा मेडिकल अधिकृत प्रशान्त वर्णवाल, प्रतीक कुमार, सुजल अधिकारी, स्टाफ नर्स सविना रेग्मी, तरानुम नेसा, राधिका सुब्बा, कृषी अधिकृत अनिस प्याकुरेल, पशु चिकित्सक सुवास झा र फार्मेसी सहायक अशोककुमार साह रहेका छन् ।

कर्मचारीलाई नियक्ति पत्र प्रदान गर्ने क्रममा उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख रामेश्वर बन्जारा, जीतपुरसिमरा १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, इन्जिनियर पुष्पा सिंहलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्