द्रुतमार्गको निरीक्षण गर्न रक्षामन्त्री निजगढ आउदै


eShilalekh

११ माघ २०७९, बुधबार १२:४९

सिमराः निर्माणधिन तराई–मधेस द्रुतमार्गको निरीक्षण गर्न रक्षामन्त्री हरि उप्रेती बुधवार निजगढ आउने भएका छन् । मन्त्री उप्रेती दिउँसो १ बजे निजगढ आउने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अच्युत मैनालीको पहलमा रक्षामन्त्रीले निजगढ आएर द्रुतमार्गको स्थलगत निरीक्षण गर्न लागेका हुन् ।

रक्षा मन्त्रीसंगै निरीक्षणमा प्रधानसेनापति प्रभुराम शर्मा, मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव, द्रुतमार्ग आयोजनाको केन्द्रीय टोलीका सदस्यलगायत सहभागी हुनेछन् । मन्त्रीले द्रुतमार्गको पछिल्लो अवस्थाको विषयमा नेपाली सेनासंग जानकारी लिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्