बाराका २४ जनालाई ह्विलचयेर वितरण
सिमराः उपकार सेवा नेपालले बाराका २४ जना अपांगता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ । नेपाल अपांग सेवा संघ बाराको सिमरास्थित कार्यालयमा आयोजित कार्यक्रममा ह्विलचेयर वितरण गरिएको हो ।
नेपाल अपांग सेवा संघ बाराले आयोजना उक्त कार्यक्रममा उपकार सेवा नेपालका केन्द्रीय अध्यक्ष विद्यादेवी सरावगीसहित सहभागीले ह्विलचेयर वितरण गरेका थिए । कार्यक्रममा पदमा सरावगी महेश बगडिया, मुकुन्दबहादुर क्षेत्री, राजाराम साहलगायतको उपस्थिती रहेको थियो ।
अपांग सेवा संघ बाराका अध्यक्ष गंगा वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पूर्वअध्यक्ष धनप्रसाद बजगाईले गरेका थिए ।