एमाले बारा क्षेत्र नं. ४ र ३ को क्षेत्रीय कमिटीको बैठक सम्पन्न


eShilalekh

२४ माघ २०७९, मंगलवार ००:४०

सिमराः नेकपा एमाले बारा क्षेत्र नं. ४ को क्षेत्रीय समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेको पक्षमा मतदान गर्ने मतदातालाई धन्यवाद व्यक्त गर्दै एमालेलाई थप संगठित बनाउन विभिन्न निर्णय गरेको छ ।

बैठकले फाल्गुन पहिलो साता अनेमसंघको क्षेत्रीय भेला सिमरामा गर्ने, फाल्गुन १३ गते मुक्ती समाजको क्षेत्रीय भेला परवानीपुरमा आयोजना गर्ने, फाल्गुन १५ गतेभित्र क्षेत्र नं. ४ को सबै वडामा भेला सम्पन्न गर्ने, फाल्गुन २० गतेभित्र संगठित सदस्यता नवीकरण गर्ने, फाल्गुन महिना भित्र एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागी प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले मंसिर ४ गते सम्पन्न निर्वाचनको समिक्षा समेत गरेको छ । क्षेत्रमा एमाले बलियो शक्ति रहेपनि प्रतिनिधिसभा सदस्य पदमा पराजय हुनुका पछाडी उमेदवार चयन प्रक्रिया र विपक्षी उम्मेदवारबाट राज्यशक्तीको दुरुपयोग भएको निष्कर्ष बैठकले निकालेको छ ।

क्षेत्रीय संयोजक मनोज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी, पूर्वमन्त्री एवम् एमाले नेता एकबाल मिया, पूर्वप्रदेशसभा सदस्यद्धय सुन्दर विश्वकर्मा र सिता गुरुङ, अमर यादव, दिनेश्वर ठाकुर, मोबिन आलम, देवी सापकोटा, कमला घिमिरेलगायतको उपस्थिती रहेको थियो ।

क्षेत्र नं. ३ को बैठक पनि सम्पन्न

एमाले बारा क्षेत्र नं. ३ को क्षेत्रीय समन्वय कमिटीको बैठक पनि सम्पन्न भएको छ । बैठकले सदस्यता नविकरण, वडा र पालिका कमिटीको अधिवेशन सम्पन्न गर्ने विषयमा निर्णय गरेको छ ।

बारा क्षेत्र नं. ३ को सबै क्षेत्रमा एमालेका उम्मेदवार जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने एमालेका नेताकार्यकर्ता, मतदातालगायत सबैप्रति आभार व्यक्त गर्दै बैठकले एमालेलाई थप संगठित बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

क्षेत्रीय संयोजक अनिल मैनालीको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले नेता अध्यानन्द पाण्डे, किशोर शर्मा, रमेश सापकोटा, पुरुषोत्तम साहलगायतको उपस्थिती रहेको थियो । बैठक एमाले पार्टी कार्यालय कलैयामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्